सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६२  पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १२:३४