काठमाडौं । सुनकोशीको दोलालघाटस्थित जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले बुधवार मध्यराति सन्देश प्रवाह गर्दै जल सतह बढ्ने क्रममा रहेकाले बिहीवार बिहानसम्मै सतर्क रहन अनुरोध गरेको छ ।
महाशाखाको सन्देशमा उल्लेख छ, ‘सुनकोशी दोलालघाटस्थित जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले सुनकोशी जलाधारको तटीय क्षेत्रमा भोलि ९बिहीवार० बिहानसम्म सतर्कता अपनाऔ ।’
।