सूचनाको शक्ति - The Power Of Information

        

सीसीएमसीको बैठक

आगामी सातादेखि निषेधाज्ञा खुकुलो पार्ने सीसीएमसीको निर्णय

हवाई उडान खोल्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आगामी सातादेखि  खुकुलो हुने भएमो छ।

बुधबार राति सम्पन्न कोभिड १९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को बैठकले अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ।

जारी लकडाउन कायम राख्दै अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको हो।

प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा राति अबेरसम्म बसेको बैठकले टर्की, कतार, साउदी अरेबिया, यूएई ,जापान र मलेसियाजस्ता देशमा हवाई उडान पुनः संचालन गर्ने निर्णयसमेत गरेको छ।

बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार ०६:२०