सूचनाको शक्ति - The Power Of Information

        

युरोप फुटबल: आज तीन खेल हुँदै

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (बुधबार) तीन खेलहरु हुँदैछ ।

युरोकपमा आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा रहेको फिनल्याण्ड र  रुसबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० ले हराएको थियो । ३ अंक जोडेको फिनल्याण्ड समूहको दोस्रो स्थानमा रहेको छ ।

रुस भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा रुस बेल्जियमसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।

दोस्रो खेलमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए को’ वेल्स र टर्कीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

वेल्स पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा वेल्सले स्विजरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।

टर्की पहिलो अंक जोड्न चाहन्छ । टर्कीलाई पहिलो खेलमा इटालीले ३-० ले हराएको थियो ।

यस समूहमा वेल्स १ अंक जोडेर तेस्रो र टर्की अंक विहीन रहदै पुछारमा रहेको छ ।

आज हुने तेस्रो खेलमा इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इटाली र स्विजरल्याण्डबीचओ खेल राति १२:४५ बजे सुरु हुनेछ ।

इटाली लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा इटालीले टर्कीलाई हराएको थियो ।

इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्विजरल्याण्ड १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १-१ गोलको बराबरी खेलेको थियो । तर, आज इटालीलाई हराएर स्विजरल्याण्ड पहिलो जित निकाल्न चाहन्छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार १०:०६