मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बागमती प्रदेशसभाको आज बेलुकी बसेको प्रदेशसभा बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर बजेट तयार पारेको जनाएको छ । पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ बजेटमा विनियोजन गरिएको छ ।
हेर्नुहोस् बजेटको पूर्णपाठ
।