जैविक उत्पादन पशुपालकहरुका लागि धेरैखाले विकल्पमध्ये एक मानिन्छ । जस्मा स्वास्थ्य पर्यावरणको अनुकुल उच्च गुणस्तरताका उत्पादहरुको उत्पादन तथा पशु कल्याणहरुको मापदण्डहरुको बीचमा सामञ्जस्य स्थापित गरिने गरिन्छ । परम्परागत पशुहरुलाई जैविक पशुमा रुपान्तरण गर्नका लागि भूमिको सफल रुपान्तरण तथा माटो निर्माणको तरिकामा भर पर्छ ।
अतः घास तथा बाली नाली उत्पादनमा लगातार तीन बर्ष रासायनीक मल तथा किटनाशकको प्रयोग गरिनुहुन्न । जैविक उत्पादन सफलतापूर्वक गर्नका लागि पशुको चरन तथा बालीनालीको एकीकरण गर्नु आवश्यक हुन्छ । पशु स्वास्थ्य माटोको प्रत्यक्ष प्रतिबिम्व मानिन्छ । जैविक ब्यवस्थापन प्रयासहरुलाई ध्यान नदिई पशुहरुको जात उत्पादन पशुपालकहरुलाई चुनौतीहरु प्रदान गर्न सकछ ।
पशुधनको उत्पत्ति – पशुधन एवं तीनका उत्पादनलाई जैविकरुपमा वर्गीकृत एंव प्रचारीत गरिन्छ या तीनै पशुबाट उत्पादित हुनुपर्दछ । जुन लगातार गर्भकालदेखि जैविक ब्यवस्थापनमा उत्पादन भएका हुनुपर्दछ ।
पशु आहार – जैविक ब्यवस्थापन अन्तरगत जन्मिएका पशुहरुको सम्पूर्ण आहारमा कृषि उत्पादन चरन तथा घाँसको उपस्थिति हुने गर्दछ । जुन जैविकरुपमा उत्पादित एवं ब्यवस्थापन गरिएको हुनुपर्दछ । पशु चराउने मौसममा चरनमा कम्तीमा १२० दिन प्रतिबर्ष घाँस चराउने गर्नुपर्दछ ।
दुधालु पशुहरुको उमेरको पाँच महिनामा सम्पूर्ण आहारको २० प्रतिशत अजैविक श्रोतहरुबाट प्रयोग गर्न सक्छन् । केहि संश्लेषित तथा अंसश्लेषित पदार्थ लाई योगात्मक तथा पुरक आहारको रुपमा प्रयोग गर्न सकिन्छ । तर ल्पास्टीक, पेलेट्स, युरीया, मल, कुखुरा, वध गर्दा निस्कने भित्र्यांशहरु आहारको रुपमा दिन सकिन्न ।
आवासीय व्यवस्थापन – पशुपालक कृषकहरुले पशु ब्यवहार, स्वास्थ्य स्थीर बनाएर राख्न आवश्यक उपयुक्त गोठको व्यवस्थापन गर्नु आवश्यक हुन्छ । जसमा पशुलाई ताजा हावा, उपयुक्त घाम र स्वच्छ पानी, सहजरुपमा उपलब्ध होस् पशुको गोठको प्राकृतिक ब्यवस्थापनले तापक्रम नियन्त्रण एवं वायु सञ्चारको सुविधा प्रदान गर्दछ । पशु राख्ने ठाउको सोत्तर सुख्खा, सफा सग्घर तथा जैविकरुपमा प्रमाणित हुनुपर्दछ ।
अपशिष्ट विविध ब्यवस्थापन – पशुपालकको लागि मलखाद्य ब्यवस्थापन आवश्यक हुन्छ । जसले बालीनाली माटो तथा पानी संक्रमित हुँदैन तथा पोषक तत्वहरुको पुनःचक्रणको अनुकुल गराउन सकोस् ।
स्वास्थ्य ब्यवस्थापन – पशुपालकहरुलाई जैविक ब्यवस्थापनको प्रयासमा रोगको रोकथाम, स्वास्थ्यको हेरचाह स्थापीत गर्नु आवश्यक हुन आउँछ । यसमा पशुको किसिम, जातको छनौट पशुदाना आहारको उपलब्धता खोपको बेलैमा ब्यवस्था, जैविक पशु चिकित्सा आदी सम्मिलित हुन्छन् । यस्तो उपयुक्त बातावरण बनाएर राख्नुपर्दछ । जसमा तनाव, रोगव्याधी परजीवीको संक्रमण कम होस् ।
पशुपालकले आवश्यकता अनुसार पशुलाई उपयुक्त उपचारको लागि प्रतिजैविक तथा परम्परागत औषधि प्रयोग गर्न सक्छन् । तर यसरी उपचार गरिएको पशुबाट प्राप्त हुने उत्पादनलाई जैविक उत्पादन भनि वर्गीकरण तथा प्रमाणीत गर्न सकिन्न । पशुको शारीरिक बृद्धि एवं उत्पादन बृद्धिका लागि कुनै पनि खाले हार्मोन तथा अन्य स्टेस्वाइड औषधि प्रयोग गरिनु हुन्न ।
अभिलेख राख्ने – पशुहरुको उद्योगको वित्तिय व्यवस्थापन तथा पशुहरुको जैविक स्थितिको प्रमाणीकरणको लागि आवश्यक हुन्छ । वशु ब्यवस्थापनको निर्णय तथा पशु प्रदर्शनको मुल्याकंन गर्न महत्वपूर्ण मानिन्छ । अभिलेखहरु भण्डार सञ्चालन, रोगका घटना तथा मृत्युदरको लागि राखिनुपर्दछ । पशुपालन ब्यवस्थापन तथा जैविक उत्पादनसँग सम्वन्धीत गरिएका सम्पूर्ण गतिविधिहरुको अभिलेखहरु ६ बर्षसम्म राख्नु अनिवार्य हुन्छ ।
साथै जैविक खाद्य ऐन नियम अवलम्वन गरिएको हुनुपर्नेछ । अनिमात्र हाम्रा पशुजन्य उत्पादन जैविक उत्पादन मानिने छन् । आजजस्तो हाम्रा टोल छिमेकमा जैविक उत्पादन भनि सूचनापाटी टाँस गरी विक्री गरिएका पशुजन्य उत्पादन साँचो अर्थमा जैविक उत्पादन उपभोक्ता ठग्ने मेसो मात्र बनेका छन् । (लेखक एम.भी.एस्सी प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)
।