सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेको संसदीय दलको बैठक आज बिहान बस्दैछ ।

नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि बैठक बस्न लागेको हो ।

हिजो पुनर्वहाली भएका चार संसदलाई पनि संसदीय दलको बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेको छ ।

सभामुखसहित ४० सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुगेपछि सरकार अल्पमतमा परिसकेको अवस्थामा आपसी सल्लाह गर्न वैठक बोलाइएको हो ।

प्रदेश सभामा विपक्षमा रहेको एमालेको २० सांसद सत्तारुढ माओवादी र कांग्रेससँग १८ सांसद मात्रै छन् । राप्रपाका एक सांसद खुलेका छैनन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार ११:१४