सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु, २ हजार ९१८ संक्रमित थपिए

५ हजार १४७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा हजार २ हजार ९१८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने ५३ जनाको मृत्यु भएको छ ।

१४ हजार ८१९ जनाको परीक्षण गर्दा आज २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ तथा मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना संक्रमणमुक्त भएको स्वाूथ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १७:०६