सूचनाको शक्ति - The Power Of Information

        

विषाक्त मदिरा सेवनबाट सर्लाहीमा आठ जनाको मृत्यु

सर्लाही । जिल्लाकाे पडरिया गाउँमा सञ्चालित भट्टी पसलमा मदिरा सेवन गरेका आठ जनाको मृत्यु भएको छ ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, पडरिया गाउँमा चार दिनमा तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो ।

उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट भृत्यु भएको जिल्ला अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले जानकारी दिनुभयो ।

यद्यपि मृतकहरूको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब, काठमाडौंमा पठाउने तयारी गरिएको गरिएको उहाँले बताउनुभयो । उहाँले बिरामीहरूसँग पनि घटनाबारे थप सोधखोज गरिने बताउनुभएको छ ।

मृत्यु हुनेहरूमा पडरिया गाउँका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहनु भएको छ ।

यस्तै, भारतको उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसादको पनि मृत्यु भएको छ ।

मृतक तीनै जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदुर हुन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १७:०५