सूचनाको शक्ति - The Power Of Information

        

तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

बाँके । चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गरेका छन् ।

नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने बताए ।फागुनयताको तलब भत्ता नपाएपछि आन्दोलित हुनुपरेको बस्यालले बताए ।

आन्दोलनमा उत्रिए पनि अस्पतालको नियमित काममा असर नपरेको उनले दाबी गरे । कर्मचारी संगठनकी महासचिव रत्ना गिरीले कोभिडको समयमा काम गरेका डाक्टर, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतले तलब नपाएको बताइन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार ११:२७