सूचनाको शक्ति - The Power Of Information

        

झलनाथ खनाल अस्वस्थ, नर्भिक अस्पतालमा भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या भएपछि उनलाई साेमबार बिहान काठमाडाैँकाे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे हाे।

कमजाेरी महसुस भएपछि चिकित्सककाे सल्लाहमा खनाललाई अस्पताल भर्ना गरिएकाे उनका  प्रेस संयाेजक कृष्ण भट्टराईले जानकारी दिए।

खनाललाई यसअघि काेराेना संक्रमण भएकाे थियाे। काेराेनामुक्त भइ अस्पतालबाट घर फर्केकाे केही दिनपछि उनकाे स्वास्थ्यमा फेरि समस्या देखिएकाे हाे।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार ११:१८