सूचनाको शक्ति - The Power Of Information

        

पूर्वसांसद एवं कांग्रेस नेता अधिकारीको निधन

काठमाडौं । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ।

विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोरोना संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि भर्ना गरिएको थियो।

उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले बताए।

वि.सं. १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मनुभएका अधिकारी वि.सं. २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। स्वर्गिय अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार ०९:०१