सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं उपत्यकामा थपियो एक साता निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा कायमै रहने भएको छ ।

जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित थप एक साता बढाउने काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीकाअनुसार संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही खुकुलो पारिएको छ । जसअनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न दिइनेछ भने अनलाइन होम डेलिभरी सेवा पनि चल्नेछन् ।

अब बिहान ११ बजेसम्म पुस्तक पसल पनि खोल्न दिइनेछ भने अपराह्न ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने दिइनेछ । कृषि क्षेत्रको कामका लागि पनि सहजीकरण गरिनेछ ।

विदेश जानेहरुका लागि भिषाको काममा पनि सजिलो गरिने बताइएको छ । हाललाई यातायात सेवा खुलाइएको छैन । काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा जारी गरिएको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतवार १७:१५