सूचनाको शक्ति - The Power Of Information

        

भारतमा ७० दिनयताकै सबैभन्दा कम संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसबाट ७० दिनपछि एकै दिनमा सबैभन्दा कम संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ८४ हजार तीन सय ३२ जना नयाँ संक्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले संक्रमितहरूको संख्या घट्दै गएकाले अवस्था सकारात्मक हँुदै गएको भन्दै खुसी व्यक्त गरेको छ ।

नयाँ संक्रमितसँगै भारतमा अहिलेसम्म कुल संक्रमित दुई करोड ९३ लाख ५९ हजार एक सय ५५ पुगेको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये १० लाख ८० हजार ६ सय ९० जना अझै पनि संक्रमित अवस्थामै रहेको अधिकारीहरूको भनाइ छ ।

पछिल्लो एक दिनमा ४० हजार नौ सय ८१ जना कोरोना भाइरस संक्रमणमुक्त भएको पनि मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतवार १२:३१