सूचनाको शक्ति - The Power Of Information

        

निषेधाज्ञाका विषयमा थप छलफल गर्न तीन जिल्लाका प्रजिअको बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने विषयमा छलफल गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को बैठक बस्दैछ ।

बैठक दिउँसो २ बजे बस्ने तय भएको हो ।

बैठकले असार १ देखि फरक मोडालिटीमा निषेधाज्ञालाई निरन्तरता दिनेबारे निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार यसपालि विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ ।

यस्तै, कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने छ । यसका लागि निश्चित समय तोकिने छ । उपत्यकामा पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि (सोमबार) ३१ गते सोमबार राति १२ बजे सकिँदैछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतवार ११:४३