काठमाडौं । एलोप्याथिक उपचार पद्धतिको विरोध गर्दा विवादमा आएका पतञ्जलि आयुर्वेदिक संस्थाका संस्थापक रामदेवले कोरोना विरुद्धको खोप लगाउने घोषणा गरेका छन् ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार रामदेवले छिट्टै कोरोना खोप लगाउने घोषणा गरेका हुन् ।
यसअघि प्याथोलोजी लगायत आधुनिक चिकित्सा पद्धतिको विरोधमा उत्रिएपछि रामदेवविरुद्ध भारतका चिकित्सकहरुले देशव्यापी विरोध गर्दै उनीविरुद्ध कानुनी उपचारको खोजी गर्ने चेतावनी समेत दिएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनले बिहीबार यस्तो घोषणा गरेका हुन् । उनले चिकित्सकहरुलाई ‘धर्तीमा रहेका ईश्वरका दूत’ संज्ञा समेत दिएको पीटीआईले जनाएको छ ।
।