सूचनाको शक्ति - The Power Of Information

        

बेलायतले गरिब देशलाई कोरोना खोप उपलब्ध गराउने

एजेन्सी । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यूकेले गरिब देशहरूलाई आगामी केही सातापछि खोपहरू उपलब्ध गराउने बताउनुभएको छ ।

ब्रिटेनले धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उहाँले आवश्यकता महशुस गरिएका देशहरुमा आगामी सातादेखि खोप उपलब्ध गराइने बताउनुभयो ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी संघलाइ आधा अर्ब फाइजर खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेको थियो ।

यूकेले ५० लाख खोप सेप्टेम्बर महिनाको अन्त्यसम्ममा उपलब्ध गराइने भन्दै यसै वर्षको अन्त्यसम्ममा अर्को २ करोड ५० लाख खोप वितरण गरिने जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ०७:५८