सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस महाधिवेशन भदौ तेस्रो साता

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन पूर्वनिर्धारित मिति फेरि परिमार्जन गर्ने भएको छ ।

कांग्रेसले पार्टीको १४औं महाधिवेशन पूर्वनिर्धारित मितिलाई पार्टी केन्द्रीय समितिबाट सामान्य हेरफेर गर्दै दुई साता सार्ने तयारी गरेको हो ।

यसअघि, ६ फागुन २०७७ मा संशोधन गरेको कार्यतालिकाअनुसार कांग्रेसले केन्द्रीय समितिबाट ७–१० भदौ २०७८ का लागि महाधिवेशन तोकेको थियो ।

उच्च स्रोतका अनुसार कांग्रेसले वडादेखि केन्द्रसम्मको अधिवेशनका पूर्वनिर्धारित मिति फेरबदल गर्नेगरी तयारी गरिरहेको छ । कांग्रेसले संविधानअनुसार पनि महाधिवेशन भदौभित्र नगरे वैधानिक्ता गुम्ने अवस्था छ ।

कांग्रेसले कोरोना महामारीका कारण महाधिवेशनलाई स्वास्थ्य मापदण्ड पालना गर्नेगरी र यसअघि हुनेभन्दा प्रक्रियामा विकल्प खोजेर गर्ने भएको हो । त्यो वैकल्पिक प्रक्रिया ‘के हो रु’ खुलाइएको छैन ।

स्रोतका अनुसार महाधिवेशन कार्यतालिका सामान्य संशोधनका लागि पहिले पदाधिकारी बैठक बस्ने र त्यसपछि केन्द्रीय समिति बैठकले कार्यतालिका संशोधन गर्ने कांग्रेसको तयारी छ ।

‘सभापतिले पनि भनिसक्नुभयो, महाधिवेशन भदौभित्रै हुन्छ, तर पूर्वनिर्धारित मिति केही पर सर्छ, त्यो भनेको भदौ तेस्रो साता हो,’ उच्च स्रोतले भन्यो ।

राजधानी

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ०७:४९