सूचनाको शक्ति - The Power Of Information

        

विश्वकप छनोटमा आज नेपालले अष्ट्रेलियासँग खेल्दै

एजेन्सी । विश्वकप तथा एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ ।

कुवेतको राजधानी कुवेत सिटीमा समूह ‘बी’ को सबैभन्दा बलियो टोली अष्ट्रेलिया विरुद्धको खेल नेपालका लागि निकै कठिन हुनेछ ।

विश्वकप फुटबलको अनुभव बटुलिसकेको अष्ट्रेलिया एसियाली समुहमा खेल्न थालेदेखि नैं यो समुहको सबैभन्दा बलियो टोलीमध्य एक हो ।

समूह ‘बी’ को एकमात्र अपराजित टोली अष्ट्रेलियाले पहिलो खेलमा नेपाललाई घरेलु मैदानमा ५-० ले हराएको थियो ।

पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया र पहिलो पटक दोस्रो चरणको छनौटमा पुगेको नेपालबीचको खेल आज राति पौने १० बजे शुरु हुनेछ ।

समूहमा ६ खेलबाट १८ अंकसहित अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने नेपाल ६ अंकसहित चौथो स्थानमा छ ।

पाँच टिम सहभागी समूहमा नेपालले पुछारको चाइनिज ताइपेईलाई दुवै खेलमा हराउँदा जोर्डन र कुवेतसँग दुवै खेल हारेको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ०७:४७