सूचनाको शक्ति - The Power Of Information

        

अर्घाखाँचीमा जीप दुर्घटना, एक जनाकाे ज्यान गयाे

अर्घाखाँची ।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका- ९ तारिकेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ ।

भूमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जीप तारिकेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि भूमिकास्थान-९ का जीप चालक अन्दाजी २९ वर्षीय  रामबहादुर नेपालीको घटनास्थलमा नै ज्यान गएकाे स्थानीय माधव घिमिरेले जानकारी दिनुभएकाे छ ।

जीप सडकबाट झण्डै ५० मिटर तल खसेको थियाे । गाडीमा चालक नेपाली मात्रै रहेका स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १२:०१