सूचनाको शक्ति - The Power Of Information

        

भरुवा बन्दुक सहित एक जना मृत फेला

बझाङ । बझाङमा भरुवा बन्दुक सहित एक जना मृत फेला परेका छन ।

बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका ४ खत्री गाउँका अन्दाजी ३५ बर्षिया डम्बर बहादुर खत्री २४ गते जङ्गल गएको र उनको परिवारले खोजी गर्दा २५ गते मृत अवस्थामा फेलापारेको जनाएको छ ।

उनी गडाला सामुदायिक वनमा भरुवा बन्दुक सहित मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको छ भने उनको बायाँ कञ्चडामा गोली लागेर टाउको छेडेको जनाईएको छ ।

मृत खत्रीको जिल्ला अस्पताल बझाङमा पोष्टमार्टम भएर मृतकका आफ्न्तले शवलाई लगिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी रुपक खड्काले बताउनु भयो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ११:४८