सूचनाको शक्ति - The Power Of Information

        

समाचार

गण्डकीका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने, बहुमत पुर्‍याउन चुनौती

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुने भएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभाबाट बहुमत पाउन ३१ जना सांसदको साथ चाहिन्छ । तर मुख्यमन्त्री गुरूङको पार्टी नेकपा एमालेका २७ जना मात्रै सांसद छन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीबाट गुरूङको विकल्प खोजेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीमा कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपाले अगाडि सारे पनि जनमोर्चाका ३ सांसद एकजुट छैनन् ।

विपक्षी गठबन्धनलाई पनि बहुमत जुटाउन चुनौती छ । विपक्षी गठबन्धनलाई बहुमत पु¥याउन एक मत आवश्यक छ ।

प्रदेशमा माधवकुमार नेपाल पक्षका सांसदको संख्या एक मात्र छ । उहाँले मुख्यमन्त्री गुरूङलाई नै सघाउने यसअघि नै बताइसक्नुभएको छ ।

विपक्षी गठबन्धनले मुख्यमन्त्री गुरूङलाई मत नदिन आफ्ना सांसदलाई हिजो निर्देशन दिएका छन् ।

प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चा ३, जसपाका २ र स्वतन्त्र एक सांसद छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ११:३४