सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

कोरोनाबाट बाँकेमा ६३२ जनाको मृत्यु, बाहिरी जिल्लाका धेरै

दोस्रो लहरमा मात्रै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २४७ पुगेको छ ।

फाइल तस्वीर

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ६३२ पुगेको छ । जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार बिहीबार बिहानसम्म कोरोनाबाट निधन हुनेको सङ्ख्या ३०५ पुगेको छ । यहाँका अस्पतालमा उपचारका लागि आएका बाहिरी जिल्लाका बिरामीमध्ये आइतबारसम्म ३२७ जनाको निधन भएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति तेज वलीका अनुसार नेपालगन्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा हाल बाँके जिल्लाभन्दा बाहिरी जिल्लाका बिरामीको सङ्ख्या धेरै छ । वैशाखमा कोरोनाबाट निधन हुनेमा अधिकांश बाँकेका रहेकोमा जेठपछि बाहिरी जिल्लाका धेरैको निधन भएको छ ।

गतवर्षको वैशाख १७ देखि चैत मसान्तसम्म बाँकेमा कोरोनाबाट ५८ जनाको मात्रै निधन भएकोमा त्यसपछि सुरु भएको दोस्रो लहरमा धेरैको निधन भएको छ । पहिलो लहरमा बाँकेका अस्पतालमा उपचाररत बाहिरी जिल्लाका ९२ जनाको निधन भएको थियो । दोस्रो लहरमा मात्रै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २४७ पुगेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ०८:२६