सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

२४ घण्टामा थपिए ४३४४ संक्रमित, ५७६८ संक्रमणमुक्त, ८१ जनाको मृत्यु

कोरोनाबाट ८ हजार १७९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा ४३४४ जना संक्रमित थपिएका हुन् ।

गत २४ घण्टामा त्यस्तै यस अवधिमा ५ हजार ७६८ जना कोरोनाबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मृतक ८१ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म कोरोनाबाट ८ हजार १७९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १८:३९