सूचनाको शक्ति - The Power Of Information

        

योगेशको प्रश्नः विपक्षीसँग मिल्न सक्ने ओली – नेपाल आपसमा किन मिल्दैनन् ?

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले पार्टीभित्रका दुवै पक्षका नेताहरुमा समस्या रहेको बताउनुभएको छ ।

आफ्नै पार्टीका नेताहरुसँग मिल्न नखोज्ने तर बाहिरी पक्षसँग मिल्न भने आनाकानी नगर्ने नै मूल समस्या रहेको उहाँको ठहर छ ।

एमालेको एकताको मुल जड के हो भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र झलनाथ खनालसँग सहकार्य गर्न नसक्ने तर राजेन्द्र महतो र महन्थ ठाकुरसँग सहकार्य गर्न सक्नु नै मूल जड भएको बताउनुभयो ।

त्यस्तै नेता नेपाल र खनालले पनि शेर बहादुर देउवा र प्रचण्डसँग सहकाष्र्य गर्न हुने तर पार्टीसँग सहकार्य गर्न नसक्ने नै समस्याको मूल कारक रहेको उहाँको भनाई छ ।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ ।

एमालेको एकताको मुल जड ?

कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कस्ले, किन र के कालागि गर्दैछ यो सब ?

एमाले एकताको समस्याको मुल जड यहिं छ ।
यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १०:२४