सूचनाको शक्ति - The Power Of Information

        

भारतमा दैनिक नयाँ संक्रमितको संख्या एक लाखभन्दा तल झर्‍यो

काठमाडौं । भारतमा दुई महिनाभन्दा लामो समयपछि कोरोना भाइरस (कोभिड–१९)का दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । यो संख्या पछिल्लो ६६ दिनयताकै सबैभन्दा कम हो ।

यस्तै सो अवधिमा कोरोना संक्रमणबाट २ हजार १२३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५१ हजार ३०९ पुगेको छ भने कुल संक्रमितको संख्या २ करोड ८९ लाख ९६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतको तमिलनाडु राज्यमा १९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै कर्नाटकमा नयाँ संक्रमितको संख्या ११ हजारभन्दा बढी छ भने महाराष्ट्रमा पनि १० हजारभन्दा धेरै संक्रमित थपिएका छन् ।

केरलामा पछिल्लो २४ घण्टामा ९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा हालसम्म २३ करोड ६१ लाख डोजभन्दा बढी कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १३:२५