सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा ३० र विपक्षमा ९ मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विशवासको मत पाउनु भएको छ ।

नेकपा माओवादीका मुख्यमन्त्री भट्टको पक्षमा ३० मत खसेको छ भने विपक्षमा ९ मत खसेको छ ।

भट्टलाई एमालेको माधव नेपाल समूहले विश्वासको मत दिएको थियो । कांग्रेस भने तटस्थ बसेको छ ।

एमालेको ओली समूहले भने भट्टलाई विश्वासको मत दिएनन् । आज बिहान बसेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले भट्टको पक्षमा विश्वासको मत दिने निर्णय गरेको थियो ।

यसैगरी कांग्रेसले पनि आवश्यक परे विश्वासको मत दिने निर्णय गरेको थियो । एमालेले भट्टलाई विश्वासको मत दिएपछि कांग्रेस तटस्थ बसेको हो ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो । आज ५१ प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएका थिए ।

प्रदेशसभामा काँग्रेसका १२ र जसपाका दुई सांसदको प्रतिनिधित्व रहेको छ ।  त्यस्तै प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद र एमालेका २५ सांसद छन् ।

तीमध्ये ७ जनामात्र ओली पक्षका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १३:२०