सूचनाको शक्ति - The Power Of Information

        

आवश्यक परे मुख्यमन्त्री भट्टलाई मत दिने कांग्रेसको निर्णय

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले त्रिलोचन भट्ट नेतृत्वको सरकार ढल्न नदिने बताएको छ ।

माओवादी केन्द्रका मुख्यमन्त्री भट्टले केहीबेरमा प्रदेशसभामा विश्वासको मत लिने तयारी छ । त्यसअघि बसेको कांग्रेस संसदीय दलको बैठकले सदनभित्रको अवस्था हेरेर निर्णय लिने निर्णय गरेको छ ।

सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा कांग्रेसले पनि मत दिने कांग्रेस सचेतक टेकबहादुर रैकाले बताए । मत नचाहिए कांग्रेसले तटस्थ बस्नेछ

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १०:४५