सूचनाको शक्ति - The Power Of Information

        

नेपाल धितोपत्र बोर्ड २९ वर्षमा प्रवेश

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षामा चुनौती थपियोः प्रधानमन्त्री

आर्थिक विकासको बाटोमा अग्रसर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्त गर्न चुनौती थपिएको बताउनुभएको छ ।

नेपाल धितोपत्र बोर्ड २९ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको बताउनुभएको हो ।

उहाँले सरकार आफ्ना सबै स्रोत, साधन तथा संयन्त्रको उच्चतम परिचालन गरी जोखिम न्यूनीकरण गर्दै समग्रमा सकारात्मक आर्थिक विकासको बाटोमा अग्रसर रहेको पनि बताउनुभएको छ ।

कोरोना महामारीको विषम परिस्थितिमा पनि देशको वित्तीय क्षेत्र एवं समग्र अर्थतन्त्र गतिशील बनाउन तथा लगानीकर्ताको मनोबल उच्च बनाइराख्न पुँजी बजारका हालका गतिविधिले महत्वूर्ण भूमिका खेलेको प्रधानमन्त्री ओलीको दावी छ ।

आगामी दिनमा धितोपत्र बोर्डले धितोपत्र बजार र वस्तु विनिमय बजारको विश्वसनीय एवं गतिशील विकास तथा विस्तार मार्फत् देशको आर्थिक विकासमा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार ०९:५६