सुर्खेत । जिल्लामा जारी निषेधाज्ञा जेठ ३१ गते रातिसम्म लम्बिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार भर्चुअल माध्यमबाट बसेको बैठकले कोभिड–१९को जोखिम कायमै रहेकाले निषेधाज्ञा एक हप्ता लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिएपछि समितिले रोकथाम र नियन्त्रणका लागि वैशाख १४ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि हप्ता–हप्ता दिन थप गर्दै जेष्ठ ३१ गतेसम्म पुर्याइएको हो ।
जिल्लामा निषेधाज्ञा अवधि थपिए पनि बजारमा भने भिडभाड बढ्दै गएको छ । संक्रमणको जोखिम न्युनीकरणका लागि प्रशासनले गरेको निषेधाज्ञामा पनि चहलपहल नरोकिएको भन्दै प्रशासनको आलोचना भइरहेको छ ।
।