सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा जेठ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थपियो

बाँके । बाँकेमा निषेधाज्ञालाई निरन्तरता दिइएको छ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिए।

कोरोना संक्रमणको जोखिम अझै कायम नै रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी गेलालको भनाइ छ।

बाँकेमा वैशाख १३ गते रातिदेखि निषेधाज्ञा लगाइएको छ।

त्यसअघि वैशाख नौ गतेदेखि नेपालगञ्ज एरियामा मात्रै निषेधाज्ञा लगाइएको थियो।

निषेधाज्ञा भए पनि बिहान ७ देखि १२ बजेसम्म दैनिक उपभोग्य बस्तुका पसल सञ्चालनमा रहने प्रशासनले जानकारी दिएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १५:३२