काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।
एमाले र पूर्व माओवादीहरुलाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो ।
त्यसकालागि बालुवाटारमा छलफल भइरहेको बताइएको छ । आज साँझसम्म मन्त्रिपरिषद विस्तार हुनेछ ।
अहिले ७ वटा मन्त्रालयहरु गृह, अर्थ, रक्षा, उद्योग, कृषि, सामान्य पशासन, वन र सञ्चार खाली छन् ।
खाली रहेका मन्त्रालयमा पूर्व माओवादीबाट एमाले आएकालाई पनि समेट्ने ओलीको तयारी छ ।
यसअघि जेठ २१ गते जसपाका १० जना समेटेर ओलीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको थियो ।
।