सूचनाको शक्ति - The Power Of Information

        

नेप्सेले २९०० अंकको विन्दु पार गर्‍यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेले २९०० अंकको ऐतिहासिक विन्दु पार गरेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार कारोबार खुलेको आधा घण्टाभन्दा केही समयपछि नेप्सेले २९०० अंकको विन्दु पार गरेको हो ।

आज बिहान ११ बजेर ५० मिनेटमा नेप्से ५६.६३ अंकले बढेर २९१३३९ अंकको उचाइमा पुगेको छ ।

नियमित कारोबार खुलेको ५० मिनेटमै  करिब साढे ४ अर्बको कारोबार भएको छ ।

उक्त अवधिमा ८६ लाख ७८ हजार २२७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब  ४९ करोड ४० लाख ७३ हजारको कारोबार भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दा कारोबार सुरु भएको एक घट्टा नबित्दै बजार परिसूचक करिब २ प्रतिशतले बढेको छ भने कारोबार रकम पनि साढे ४ अर्ब पुगेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतवार १३:०५