सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ तोलामा सात सय रुपैयाँ बढ्यो

काठमाडौं । सुनचाँदीको भाउ आज बढेको छ ।

सुन तोलाको सात सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुन एकैदिन तोलामा पन्ध्र सय रुपैयाँले घटेर तोलाको ९३ हजार चार सय रुपैयाँमा झरेको थियो । यस्तै चाँदीको भाउ पनि आज बढेको छ ।

अस्ति शुक्रवार ३५ रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतवार १२:३५