सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा कांग्रेसबाट दुई मन्त्री थपिए

काठमाडौं ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन्।

मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराएर मन्त्रीपरिषद् पुर्नगठन गरेका हुन्।

नेपाली कांग्रेसको तर्फबाट सरकारमा दुई जना मन्त्री थपिएका छन्। मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई नियुक्त गरेका छन्।

उनीहरु दुवै जनाको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो दुई बजे गर्ने तयारी छ। एमालेले माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसले विश्वासको मत दिएको थियो।

साथै एमाले माधव नेपाल पक्षका चार जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पद जोगिएको थियो। फ्लोर क्रस गर्ने चार मध्ये तीन जना अहिले सरकारमा मन्त्री छन्।

कांग्रेस सुरुमा सरकारमा नगए पनि लामो छलफल पछि सरकारमा जाने निर्णय गरेको हो।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतवार १२:२९