काठमाडौं । विश्वभर कोरोना भाइरसका दैनिक संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा ४ लाख १६ हजार ७५३ जना संक्रमित भएका छन् । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख ९३ हजार ८३१ छ । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा करिव ६७ हजारले धेरै हो ।
पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १५ करोड ६२ लाख ८३ हजार ६०३ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ९०.१७ प्रतिशत हो ।
यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या १७ करोड ३३ लाख ११ हजार ८०१ पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ३३ लाख १ हजार १२१ छ । यसमध्ये ८८ हजार १७२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३७ लाख २७ हजार १७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार २३७ जनाको मृत्यु भएको छ ।
कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख १२ हजार २४० जनाको मृत्यु भएको छ ।
यसैगरी ब्राजिलमा ४ लाख ७० हजार ९६८ जनाको मृत्यु भएको छ । दोस्रो लहरको अति प्रभावित मुलुक भारतमा ३ लाख ४४ हजार १०१ जनाको मृत्यु भएको छ ।
यस्तै रूसमा १ लाख २३ हजार २३७ जना, बेलायतमा १ लाख २७ हजार ८२३ जना, फ्रान्समा १ लाख ९ हजार ९१६ जना, इटालीमा १ लाख २६ हजार ४१५ जनाको मृत्यु भएको छ ।
।