सूचनाको शक्ति - The Power Of Information

        

ट्रम्पमाथिको प्रतिबन्ध एक वर्ष लम्ब्याउने फेसबुकको घोषणा

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्धलाई थप एक वर्ष निरन्तरता दिने जनाएको छ ।

फेसबुकले सन् २०२३ को जनवरीसम्म ट्रम्पको खाता निलम्बन गर्ने जनाएको हो । फेसबुलकले आफ्नो साइटमा उल्लेख गरिएका नियम तोड्नेमाथि कस्तो कारवाही हुन्छ भन्ने ट्रम्पमाथि कारवाही गरेर पुष्टी गरेको जनाएको छ ।

गत जनवरीमा अमेरिकी संसद भवनमा भएको आक्रमणको भोलिपल्ट फेसबुकले ट्रम्पमाथि निलम्बन गरेको थियो ।

राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने क्रममा ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवनमा गैरकानुनी रुपमा प्रवेश गरेर सांसदहरुमाथि आक्रमण गरेका थिए ।

सो हिंसात्मक गतिविधिलाई उक्साएको भन्दै फेसबुकले ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो । फेसबुकले सो नियम तोड्नेमाथि कम्तिमा दुई वर्षको प्रतिबन्ध लगाउने स्पष्ट पारेको छ ।

यता ट्रम्पले आफूमाथि अनावश्यक रुपमा प्रतिबन्ध लगाएको भन्दै फेसबुकको आलोचना गर्नुभएको छ । यस्तै अर्को सामाजिक सञ्जाल ट्वीटरले पनि ट्रम्पममाथि स्थायी रुपमा प्रतिबन्धको घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार ०७:५४