सूचनाको शक्ति - The Power Of Information

        

मनसुन नजिकिएसँगै प्रि-मनसुन थप सक्रिय हुँदै

काठमाडौं । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज दिनभरजसो नै मौसम बद्ली रहने र देशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ भने प्रदेश-१ का एक/दुई ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

भोलि पनि मौसम आंशिकदेखि सामान्य बद्ली भइ फाट्टफुट्ट पानी पर्ने उहाँले बताउनुभयो । पर्सिदेखि भने प्रि-मनसुन थप सक्रिय हुने र देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ ।

मनसुन सुरु हुने समय नजिकिएकाले मौसमी गतिविधि पनि थप सक्रिय हुँदै जाने मौसमविद् बासीको भनाइ छ । यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरिएको छ ।

नेपालमा जुन १० देखि मनसुन सक्रिय हुने गर्छ । यसपालिको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार ०७:४८