सूचनाको शक्ति - The Power Of Information

        

देशभरका ८२ अस्पतालबाट कोभिड संक्रमितको निःशुल्क उपचार हुँदै

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमितको निःशुल्क उपचारका लागि देशभरका ८२ वटा अस्पतालसँग सम्झौता गरेको छ ।

मुलुकमा कोभिड संक्रमितको संख्या बढेपछि सबै सरकारी अस्पतालबाट कोभिड संक्रमितको निःशुल्क उपचारको व्यवस्था गरिएको थियो भने निजी अस्पतालहरुसँग पनि प्रदेश र पालिकाहरुले सम्झौता गरेका थिए ।

यही क्रममा अहिले निःशुल्क उपचार गर्ने अस्पतालको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पहिचानका लागि पालिकाहरुमार्फत निःशुल्क पीसीआर तथा एन्टिजेन परीक्षणको समेत सरकारले व्यवस्था गरेको छ ।

नेपालमा अहिले ५६ वटा सरकारी र ३६ निजी गरी ९२ वटा प्रयोगशालाबाट निःशुल्क नमुना परीक्षण भइरहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १०:३६