सूचनाको शक्ति - The Power Of Information

        

अवैध बैठकमा सहभागी नहुँन केन्द्रीय सदस्यलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले अवैध बैठकमा सहभागी नहुँन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेको छ ।

पार्टीबाट निष्कान गरिएका माधव कुमार नेपाल पक्षधरले केन्द्रीय कमिटी बैठक डाकेपछि एक वक्तव्य जारी गर्दै कार्यालय सचिव शेरबहादुर तामाङले अवैध बैठकमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएको छ ।

पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको भन्दै उनले निन्दा र भर्त्सना गरेको जनाएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार ०९:३८