सूचनाको शक्ति - The Power Of Information

        

विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १५ करोड ५२ लाख नाघ्यो

एजेन्सी । विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या१५ करोड ५२ लाख ४६ हजार ७८२ पुगेको छ ।

यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ९२५ जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३७ लाख नाघेको हो ।

पछिल्लो वृद्धिसँगै मृतक संख्या ३७ लाख ५ हजार ९४२ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ ।

हालसम्म अमेरिकामा ६ लाख १० हजार ९९३ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ६७ हजार ७०६ जनाको मृत्यु भएको छ ।

मृतकका आधारमा भारत तेस्रो स्थानमा रहे पनि दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा २८ सय जनाको मृत्यु भएको छ ।

त्यहाँ मृतक संख्या ३ लाख ३८ हजार १३ पुगेको छ । दैनिक संक्रमण वृद्धिका आधारमा भारत अहिले विश्वकै अतिप्रभावित मुलुकमा छ । विश्वभर निको हुनेको संख्या पनि बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर संक्रमितभन्दा निको हुने धेरै छन् । २४ घण्टामा ४ लाख ८७ हजार ५९३ जनामा संक्रमण देखिँदा ६ लाख ४१ हजार १२३ जना निको भएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार ०९:००