सूचनाको शक्ति - The Power Of Information

        

भारतमा भाजपा नेता राकेश पण्डितको गोली हानि हत्या

एजेन्सी । भारतको जम्मू–कश्मीरको पुलवामा जिल्लामा भारतीय जनता पार्टीका एक जना नेताको गोली हानी हत्या गरिएको छ ।

संदिग्ध चरमपन्थी समूहका तीन व्यक्तिले भाजपा पार्षद राकेश पण्डितलाई गोली हानेका हुन् ।

यो घटना पुलवामा जिल्लाको त्राल पायीन क्षेत्रमा भएको हो । गोली लागेलगत्तै घाइते भएका नेता पण्डितलाई अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषणा गरे ।

सुरक्षा गार्डबिनै आफ्ना साथीलाई भेट्न गएका बेला नेता पण्डितमाथि आक्रमण भएको हो ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार ०८:३५