सूचनाको शक्ति - The Power Of Information

        

तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडानको अनुमति

काठमाडौं । सरकारले नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडानको अनुमति दिएको छ ।

तर खाडीका नेपाली भने अझै अलपत्र मै छन् । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नियमित हवाई उडान रोकेको एक महिना नाघिसक्दा खाडी र मलेसियामा रहेका नेपाली पीडित भएका हुन ।

त्यसैले नेपाली यात्रुले कतार खुला भएका कारण अन्य मुलुकमा पनि सुरक्षा मापदण्ड पूरा गरी उडान खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारले नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियालाई नेपालमा नियमित उडानको अनुमति दिएको छ ।

नियमित उडान खुलेकामध्ये चीनमा भने कुनै पनि वायुसेवा कम्पनीले नियमित उडानको प्रस्ताव पेश गरेका छैनन् ।

टर्कीले जुन ३ बाट इस्तानबुलमा हरेक बिहीबार एक उडान गर्न पाउने छ भने नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार ०८:४३