सूचनाको शक्ति - The Power Of Information

        

अपाङ्गता तथा जेष्ठ नागरिकहरुलाई राहात वितरण

बझाङ ।  बझाङ जिल्लाका २ वटा गाउँपालिकामा राहात वितरण गरिएको छ ।

जिल्लामा संचालित प्रगतिशिल युवासमाज र युएमएनको साँझेदारीमा थलारा गाउँपालिकाका एकल, जेष्ठ नागरिक आर्थिक स्थिति कम्जोर भएका ३५ घरधुरी र छविसपाथिभेरा गाउँपालिकाका ३९ जना क र ख वर्गका अपाङ्गता भएका घरधुरीका साथै १७ जना जेष्ठ र एक महिला भएका घरधुरी गरी जम्मा ५६ घरधुरीलाई प्रर्ति घरधुरी २५ केजी मसिनो चामल, २ केजी चिनी, ३ केजी दाल, २ लिटर तेल, लुगाधुने र हात धुनेगरी ५वटा साबुन गरी प्रर्ति व्यक्ति २९ सय ५० रुपैयाँ बराबरको राहात छविसपाथिभेरा गाउँपालिका उपाअध्यक्ष राधिका रताला र थलारा गाउँपालिका उपाअध्यक्ष गंगु देवि खडायत मार्फत वितरण गरिएको थियो ।

उक्त खाध्यन्न लगाएतका उपभोग्य सामानहरु बुझ्दै थलारा गाउँपालिका ४ घर भएकी ६० बर्षिया जेष्ठ नागरिक देव विकले घरमा आफु र दुई ओटा नातिहरु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “आफु बुढो हुदै गया । २०७६ सालको बाढीले आफ्नो घरको छोरा, बुहारी, नाति, नातिनी सहित ४ जनाले ज्यान गुमाए । कोहिलै चारो दियोभन्या खाना खानाकि हुदो छ । हातगोडि पड्यो । यो केहि दिनका लागी भयापन ठुलो राहात भयो । ”

उक्त कार्यक्रममा बोल्दै थलारा गाउँपालिका उपाअध्यक्ष गंगुदेवि खडायतले गैरसरकारी संस्थाले दिएको राहातले एकदमै मापदण्ड र गुणस्तरिय रहेको यस बर्ष थलारा गाउँपालिकामा खडेरिका कारण गहुँ उत्पादन समेत नभएकाले गाउँपालिकाको तर्फबाट यस बर्ष राहात वितरणका लागी बजेट छुट्याउनका लागी समेत पहल गर्ने पर्तिबदता समेत व्यक्त गर्नु भएको छ ।

त्यस्तै प्रगतिशिल युवासमाजले अन्य स्थानियतहहरुमा समेत राहात वितरण गर्ने कार्यक्रम रहेको र यस्तो अवस्थामा राहात वितरण गर्दा मापदण्ड लगाएत वास्तविक खानलाउन समस्या भएका घरधुरीलाई छनोट गर्नका लागी स्थानियतहहरु संग समेत समन्वय गरिरहेको प्रगतिशिल युवासमाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार ०८:०७