काठमाडौं । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा थप २७ जनाले ज्यान गुमाएका छन् ।
बितेको २४ घण्टामा १३ जिल्लाका ८ जना महिला र १९ जना पुरुषको मृत्यु भएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा ९ जनाको मत्यु भएको छ ।
यसैगरी ललितपुरमा ४ जना, भक्तपुरमा ३ जना, काभ्रेमा ६ जना, नुवाकोटमा २ जना, चितवन, रामेछाप र मकवानपुरमा १÷१ जनाको मृत्यु भएको छ ।
यो बागमती प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ४ सय २४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
।