सूचनाको शक्ति - The Power Of Information

        

ओलम्पिकको लागि पहिलो टोली जापान पुग्यो

एजेन्सी । जापानमा हुन गईरहेको ओलम्पिक गेम्सको लागि खेलाडीहरुको पहिलो टोली टोकियो पुगेको छ ।

अष्ट्रेलियाको महिला सफ्ट बल टिम हिजो टोकियो पुगेको हो । ओलम्पिक आयोजकका अनुसार टोकियो ओलम्पिकको लागि जापान पुग्ने यो पहिलो टोली बनेको छ ।

जुलाई १७ मा एथ्लेट भिलेजमा प्रवेश गर्नुअघि अष्ट्रेलियन सफ्ट बल टिमले जापानकै ओता शहरमा बन्द प्रशिक्षण गर्नेछ । टोकियो ओलम्पिक आगामि जुलाई २३ तारिखमा सुरु हुँदैछ ।

जापानमा टोकियो सहितका धेरै प्रान्तहरुमा कोरोना संक्रमणको कारण हाल स्वास्थ्य संकटकाल लगाईएको छ । तर पनि ओलम्पिक खेल भने रोकिएको छैन ।

अघिल्लो वर्ष हुनुपर्ने टोकियो ओलम्पिक कोरोना महामारीकै कारण एक वर्ष पछि धकेलिएको हो । ओलम्पिक गर्ने कि नगर्ने भन्ने विषयमा जापानका नागरिकहरु विभाजित छन् ।

जापानमा १ सय ५ वटा नगरपालिकाले विदेशी टिमलाई स्वागत गर्ने पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार ०७:३७