सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर : नेपालमा थप ६८ को मृत्यु, ६८९८ संक्रमणमुक्त

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या सात हजार चार सय ५४ पुगेको छ ।

यो अवधिमा ६ हजार ८५ जना संक्रमित थपिएका छन् भने ६ हजार आठ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या पाँच लाख ६६ हजार पाँच सय ८७ पुगेको छ । जसमध्ये एक लाख चार हजार सात सय ८९ सक्रिय संक्रमित छन् ।

हाल क्वारेन्टिनमा सात सय २५ जना रहेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार १८:४३