काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलरको मूल्य सोमबारको भन्दा बढेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा रहेकोमा आज बढेर ११५ रूपैयाँ ८८ पैसा पुगेको छ ।
यसको बिक्रीदर ११६ रुपैयाँ ४८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ २७ पैसा र बिक्रीदर १६५ रुपैयाँ १२ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?

।