सूचनाको शक्ति - The Power Of Information

        

एमाले स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक मंगलबार बस्दैछ ।

यसअघि दुई पटकसम्म स्थगित भएको बैठक मंगलबार बिहान ११ बजेबस्न लागेको हो ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको जानकारी दिए ।

बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८–०७९ को बजेटको समीक्षा र पार्टी हितविपरित गतिविधि गरेका केही नेताहरुको कारबाहीबारे छलफल र आवश्यक निर्णय हुने बुझिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार ०८:२३