सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार पाण्डे विजयी

दाङ । लुम्बिनी प्रदेश अन्तरगत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । राष्ट्रियसभा उपनिर्वाचनमा सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका हुन् ।

काँग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार खड्कालाई पराजित गरेका हुन् । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् ।

प्रदेशसभातर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको निर्वाचन आयोगले जाएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरमा गर्दैछ । विजयी पाण्डेय हालैमात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली काँग्रेस प्रवेश गरेका थिए । उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए ।

खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ थियो । निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो । राष्ट्रियससभा सदस्य चन्द्रबहादुर खड्का माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । उक्त पदमा भएको उपनिर्वाचनमा एमालेबाट खड्का नै उम्मेदवार थिए भने विपक्षी गठबन्धनको समर्थनमा काँग्रेसले पाण्डेयलाई उम्मेदवार बनाएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १६:४१